सर्वोच्चमा झडप, बारका अध्यक्षसहित कानुन व्यवसायी घाइते

लोकपथ
3.2k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गर्न सर्वोच्च पुगेका कानुन व्यवसायीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

न्यायालय सुधारको मागसहित सर्वोच्च पुगेका कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।

त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको हो । प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जन, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायत घाइते
भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

आज सर्वोच्चमा भएको झडप न्यायालयको इतिहासकै नराम्रो घटना भएको उनको भनाइ रहेको छ । ‘आज भएको झडपका क्रममा बारका अध्यक्षसहित धेरै साथीहरु घाइते हुनुभएको छ । यसरी सर्वोच्चमा प्रहरी गएर कानुन व्यवसायीहरुमाथी हातपात गर्नु न्यायालयको इतिहासमा सबैभन्दा दुखद घटना हो ।’ उनले भने ।

घाइतेहरुलाई उपचारको लागि लगिँदै छ ।

निरन्तर आन्दोलन गरिरहेका कानुन व्यवसायीहरुले सर्वोच्च अदालतका मूल र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरेका छन् । केही दिनयता वकिलहरूको मूल गेटभित्रको धर्ना छल्दै प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गर्दै आएका थिए ।

नेपाल बारको अगुवाइमा गत कार्तिक १४ गतेबाट निरन्तर आन्दोलन हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?