२४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पदाधिकारी मात्रै १४ जना चयन हुने भएका छन् । कांग्रेसको यो विधान नेतृत्व छान्नका लागि पहिलो पटक कार्यान्वयनमा जान लागेको हो ।
संविधानले व्यवस्था गरेअनुसार कांग्रेसले विधानलाई संघीय संरचनामा लैजाँदा पदाधिकारीको संख्यालाई पनि समावेशी रुपमा राखेको खबर राजधानी दैनिकमा छापिएको छ ।
कांग्रेसको विधानमा उल्लेख भएअनुसार १४औँ महाधिवेशनबाट केन्द्रीय समितिमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र एक कोषाध्यक्ष (सभापतिले मनोनयन गर्ने) चयन हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया