काठमाडौं । सर्वोच्च अदालतका कर्मचारीहरु पनि आन्दोलित भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवसायीको आन्दोलन चर्किरहेका बेला कर्मचारीहरु पनि आन्दोलनमा उत्रेका हुन् ।
अहिले देखिएको समस्याको समाधान र अदालतमा देखिएका विकृति तथा विसंगतिको अन्त्य हुनुपर्ने उनीहरुको माग छ । मंगलबारदेखि सुरु आन्दोलनको पहिलो चरणमा अदालतका सम्पूर्ण कर्मचारीहरुले हस्ताक्षर संकलन गरी बुझाउने अभियान सुरु भएको जनाइएको छ।
अदालतमा देखिएका विकृति र विसंगति हटाउन देशभरका अदालतका कर्मचारी एवम् न्यायाधीशहरुलाई ऐक्यवद्धता जनाउन आग्रह गरिएको सर्वोच्चका कर्मचारीहरुको भनाइ छ। देशभरबाट प्राप्त हुने सबै हस्ताक्षर आज प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई बुझाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया