काठमाडौं । नेपाल बार एसोसियसनले न्यायालयको सुधार साथै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागसहित बुधबार (आज) बाट तेस्रो चरणको आन्दोलन सुरु गरेको छ ।
नेपाल बारको प्राङगणमा उपस्थित भइ कानुन व्यवसायीहरु सुरक्षाकर्मीको घेरा तोडेर सर्वोच्चको मुल गेटमा पुगेका छन् ।
उक्त आन्दोलनलाई सम्बोधन गर्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले निर्धारित मितिमा प्रधानन्यायाधीशको राजीनामा माग गरेको बताएका छन् । प्रधानन्यायाधीशको राजीनामा नै न्यायको बाटो खुलाउने मुख्य आधार रहेको बताउँदै राजीनामा नआएमा अदालतमा प्रवेश निषेध मात्र नभइ देशभरका उच्च अदालतहरुमा विरोधका कार्यक्रमहरु ल्याउने समेत चेतावनी दिए ।

‘ मंसिर घ गतेसम्ममा राजीनामा मागेका छौ । उसको राजीनामाबाट न्यायालय सुधारको काम हुनेछ । राजीनामा ले न्यायको बाटो खुल्छ । सेवाग्राहीले सहज सेवा पाउछौ । राजीनामा नआए प्रवेश निशेध मात्र होइन देशभरका उच्च अदालतमा विरोध कार्यक्रम गर्छौं ।’उनले भने ।
त्यसैगरी न्यायालयबाट न्याय किनबेच भएको आरोप लगाउँदै प्रन्याले वार्ताका लागि गरेको आह्वान आँखामा छारो हाल्ने काम भएको समेत जिकिर गरेका छन् । साथै न्याय किनबेच भएको फैसला अदालतसँग भएमा त्यसलाई उपलब्ध गराइदिन समेत माग उनले गरे ।
उनले भने ‘ नेपाल बार आजबाट तेस्रो चरणको कार्यक्रम सुरु भएको छ । न्याय किनबेच हुनु हुँदैन भन्नेहरुको शिर निहुरेको छ । वार्ताको आबहान गरुरहेको छ यो आँखामा छारो हाल्ने काम भयो । दंगा प्रहरी अदालतमा ल्याएको छ । यसको भत्र्सना गर्दछौ । न्याय किनबेचको फैसला छ त्यो बारलाई उपलब्ध गराइदिन अनुरोध गर्दछौ । ’
मंगलबार साँझ बसेका बार पदाधिकारीहरुको बैठकले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । उक्त बैठकले प्रधानन्यायाधीश राणालाई ३ मंसिर ३ गतेभित्र राजीनामा दिन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया