काठमाडौं । जितसँगै स्विट्जरल्यान्ड फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।
युरोपियन छनोट अन्तर्गत सोमबार राति बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले विश्वकपमा छनोट भएको हो ।
स्विट्जरल्यान्डलाई जित दिलाउन ओकाफोर, रुबेन, सेड्रिक र रिमोले एक एक गोल गरे ।
जितसँगै स्विट्जरल्यान्डले समूह ‘सी’ बाट शीर्ष स्थानमा रहदै विश्वकपमा छनोट भएको हो । स्विट्जरल्यान्डले ८ खेलमा १८ अंक जोडेको छ । बुल्गेरिया ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया