शिवानीलाई कुस्तीमा स्वर्ण

RSS
98
Shares

महेन्द्रनगर । कञ्चनपुरकी शिवानी दुवेले रौतहटमा सम्पन्न इण्डो–नेपाल कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । रौतहटको सित्तलपुरमा दुवेले भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

शिवानीले भारतको दिल्ली र हरियाणाका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेको उनका बुबा एवम कुस्तीका राष्ट्रिय खेलाडी राजु दुवेले जानकारी दिए । शिवानी ५२ किलो तौल समूहकी राष्ट्रिय खेलाडी हुन् । राष्ट्रिय प्रतियोगितामा पटक-पटक स्वर्ण जितेकी शिवानीले नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा समेत पदक जितेको थिइन् ।

यु–१९ क्रिकेट खेलाडी छनोट गरिँदै

कञ्चनपुरको महेन्द्रनगरमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय यु–१९ वाइवाइ क्रिकेट प्रतियोगिताबाट खेलाडी छनोट गरिने भएको छ । प्रतियोगितामा सुदूरपश्चिमको बाजुराबाहेक आठ जिल्लाको सहभागिता छ ।

कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दका अनुसार राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन यही प्रतियोगिताबाट खेलाडी छनोट गरिने छ । आगामी मङ्सिर ४ गतेदेखि राष्ट्रिय प्रतियोगिता हँुदैछ । प्रदेश स्तरीय प्रतियोगिता मङ्सिर १ गते सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?