नेकोसले खेल नीति सम्मेलनको आयोजना गर्ने

लोकपथ
378
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले खेल नीति सम्मेलनको आयोजना गर्ने जनाएको छ।

नेकोसले आगमी मंसिर ५ र ६ गते काठमाडौंमा खेल नीति सम्मेलन आयोजना गर्ने भएको हो ।

देश संघीय संरचनामा गएपनि राज्यका निकाय बीच आवश्यक सहकार्य हुन नसकेको निष्कर्षसहित खेल नीति सम्मेलन गर्न लागेको जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकोसले सम्मेलनमा समावेश गरिने विषयका जानकारी गराएको समेत गराएको छ।

नेकोसका अध्यक्ष रमेश पौडेलले खेलकुदमा देखिएको नीतिगत अन्यौलता र समस्यालाई दिशानिर्देश गर्न सम्मेलनको आयोजना गर्न लागिएको बताए । ‘राजनीतिक संगठन भएका हिसाबले हामीले नीतिगत रुपमै काम गर्नुपर्छ । वर्तमान खेलकुदमा देखिएका अन्यौलता र समस्यालाई सम्मेलनले हल गर्ने विश्वास छ ।’ उनले भनेका छन् ।

सम्मेलनमा खेलाडी, संघका पदाधिकारी, राखेप र प्रखेपका पदाधिकारी, विश्व विद्यालयका अफिसियल, खेल बिज्ञ, नीति क्षेत्र, पत्रकार, जिल्ला, नगर, खेलकुद समितिका पदाधिकारी, पूर्व खेलकुद मन्त्री तथा सदस्य सचिव, विभिन्न राजनीतिक दलका खेलकुद संगठनका पदाधिकारी र नेकोसको विभिन्न तहमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यको सहभागीता रहने बताईएको छ ।

उक्त सम्मेलनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । दुई दिन चल्ने सम्मेलन आयोजनाका लागि करिब १३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?