तास खेलिरहेका ५ जना जुवाडे पक्राउ

लोकपथ
525
Shares

काठमाडौं । तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बेसीगाँउस्थित मिना कुमारी श्रेष्ठको टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा डेरा गरी बस्ने सोलुखुम्बु घर भएका २६ टासी शेर्पालगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त टहरामा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४७ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?