थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

लोकपथ
126
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ६०६ जनाको परीक्षणमा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ ।

नेपालमा कोरोनासंक्रमण मुक्त हुनको दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ४ सय ७७ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर ७ हजार २१५ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?