कमाने (हेटाैंडा) : व्यवस्थासँग असन्तुष्ट भनिएको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि प्रहरीले धरपकड तीब्र पारेकाे छ । बम बोकेर हिँडेको अाराेप लगाउँदै हेटाैंडामा नेकपाका मजदुर नेता दुर्गानाथ तिमिल्सिनालार्इ प्रहरीले मंगलबार बिहान गिरफ्तार गरेको छ ।
तिमिल्सिनाको साथबाट पाँच थान बम बरामद गरेको प्रहरी दाबी छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलार्इ हेटाैंडाको कमानेबाट पक्राउ गरेको स्थानीयले जानकारी दिएका छन् । तिमिल्सिना नेकपाको मजदुर संगठनका केन्द्रीय सदस्य हुन् ।
प्रहरीका अनुसार तिमिल्सिनाले प्रेसर कुकर बम बोकेर हिँडेको भन्ने जानकारी पाएको, तर अाफुहरूले पाँच थान पेट्रोल बम बरामद गरेको जानकारीद दिएको छ ।
पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको तत्कालिन एकीकृत नेकपा माअोवादीबाट विद्रोह गरि मोहन बैद्य किरणको नेतृत्वमा पार्टी गठन गरेका नेत्र विक्रम चन्द (विप्लव) नेकपाका महासचिव हुन् । विप्लवले वैद्यको नेतृत्वमा पनि क्रान्ति सफल नहुने जनाउँदै अाफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका छन् ।
ठूलो संख्यामा पूर्वलडाकु र प्रतिबद्द कार्यकर्ताको पंक्ति अाफुसँग रहेको बताउने नेकपाले माअोवादी जनयुद्दमा उठार्इएका मुद्दाहरूको पूर्ण कार्यान्वयनका लागि अाफुहरूले संघर्ष गर्ने दाबी गरेको छ ।
हालका गृहमन्त्री रामबहादुर थापा (बादल) विप्लवका युद्दकालिन साथी भएपनि गृहमन्त्री हुनासाथ बादलले नेकपाका कार्यकर्तालार्इ धरपकड गर्न निर्देशन दिएको स्रोत बताउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया