काठमाडौं। सरकारले कृषि तथा पशुपन्छी बीमामा अनुदान थप गर्दै आए पनि किसानको आकर्षण भने अझै बढ्न सकेको छैन ।
सरकारले कृषि तथा पशुपन्छी बीमामा अनुदान थप गर्दै जाने तर किसान भने सरकारको अनुदानदेखि पटक्कै आकर्षित छैनन् । कृषि तथा पशुपन्छी बीमाका बारेमा सर्वसाधारणले राम्रोसँग बुझ्न नसक्दा यस्तो बीमामा आकर्षण बढ्न नसकेको हो ।

सरकारले अन्नबालीमा प्राकृतिक विपतका कारणले भएको क्षतिमा जोखिमको रक्षावरण गर्न अनुदानको व्यवस्था गर्दै आएको छ । पछिल्लो समय सरकारले अनुदान थप गर्दै गए पनि किसान उत्साहित हुन सकेका छैनन् । यस्तो बीमाको प्रचारप्रसार गाउँ–गाउँमा हुन सकेको छैन । त्यसैले किसान आकर्षित नभएका हुन् ।
‘सबै किसानको पहुँचमा पुग्न नक्दा कम आकर्षण देखिएको हो’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले भने ।बालीनाली तथा पशुपन्छीमा भएको क्षतिको रक्षावरण गर्ने हेतुले सरकारले २०६९ माघ १ देखि बाली तथा पशुपन्छी बीमा निर्देशिका, २०६९ जारी गर्दै बाली तथा पशुपन्छी बीमाको सुरुवात गरेको थियो ।
यो बीमा कार्यक्रम सुरु भएको वर्षौँ बित्दा पनि किसानहरू भने यसतर्फ आकर्षित हुन सकिरहेका छैनन् । सरकारले बाली तथा पशुपन्छी बीमाका लागि वर्षेनी अर्बौँ रुपैयाँ अनुदान दिँदै आएको छ । तर सर्वसाधारणको आकर्षण घट्दै गएको छ ।‘आकर्षण बढ्न केही समय लाग्छ, बीमा गर्ने कुरा तत्काल गर्न सक्ने र गर्ने काम होइन’, कार्यकारी निर्देशक पौडेलले भने ।

उनका अनुसार पशुपन्छी बीमामा आकर्षण बढे पनि बाली बीमामा आकर्षण बढ्न सकेको छैन । निकै कम रकम तिरेर भविष्यमा हुने ठूलो जोखिम र क्षतिबाट बच्न सकिन्छ भन्ने कुराको यथेष्ट ज्ञान किसानलाई नहुँदा सरकारले वर्षेनी अर्बौँ रुपैयाँबराबरको अनुदान दिँदा पनि त्यसको फाइदा लिन सकिरहेका छैनन् । जसले गर्दा अर्बौँ रुपैयाँबराबरको जोखिम आफैँ उठाइरहेका छन् ।
सबै पालिकाहरूमा कृषि बीमा पु¥याइने
कृषि बीमामा अनुदान वृद्धि गर्दै गए पनि आकर्षण नबढेपछि बीमा समितिले हरेक गाउँँमा बाली तथा पशुपन्छी बीमा पु¥याउने लक्ष्य लिएको छ । ‘अब हामीले हरेक पालिकामा कृषि बीमा विस्तार गर्छौँ’, पौडेलले भने । समितिले मात्रै प्रयास गरेर कृषि बीमा आकर्षण बढ्ने नसक्ने भन्दै आम किसानले चासो देखाउनुपर्नेमा उनको जोड थियो ।

यस्तो छ सरकारको अनुदान
सरकारले २०६९ माघ १ गतेदेखि सुरु गरेको कृषि बीमा कार्यक्रम २०७०÷७१ देखि किसानहरूलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको थियो । त्यस्तै, समितिले २०७१ फागनुदेखि बीमा कम्पनीहरूलाई जिल्ला तोकेर कृषि बीमा गर्न निर्देशन समेत दिएको थियो ।
यसपछि कृषि बीमामा केही आकर्षण बढेको हो, कि भन्ने देखिए पनि पछिल्लो समय भने आकर्षण घट्दो छ । कृषि बीमालाई प्रभावकारी बनाउन सरकारले आव २०७१÷७२ देखि बीमा शुल्कमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको थियो । त्यसपछि पनि पशु बीमाबाहेक बाली बीमामा आकर्षण बढ्न सकेन ।

यसै विषयलाई मध्यनजर गर्दै हाल बाली तथा पशुपन्छी बीमाको अनुदान रकमलाई वृद्धि गर्दै ८० प्रतिशत पु¥याइएको छ । किसानले कृषि बीमा गर्दा प्रिमियमको २० प्रतिशत रकम मात्रै तिरे पुग्छ । तर पनि अझै आकर्षण बढ्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया