दैलेखका स्वास्थ्यचौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’

RSS
42
Shares

काठमाडौं । दैलेख जिल्लाका गाउँ-गाउँमा कोरोना भाइरस संक्रमणसँग जुध्नका लागि प्राप्त २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरिएको छ ।

सो स्वास्थ्य सामग्री गैरआवासीय नेपाली संघ (एनआरएनए) मुख्यालयबाट हस्तान्तरण भएको हो । राष्ट्रिय जनजाति उत्थान आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको समन्वयबाट एनआरएनए आइसीसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा हङकङ पूर्वसैनिक संघले स्वास्थ्य सामग्री नेपालको दुर्गम जिल्लाका लागि उपलब्ध गराएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए ।

दैलेखका लागि करिब २८ लाख रुपैयाँ मूल्यबराबरको २० वटा अत्याधुनिक अटोमेटिक अक्सिजन कन्सन्ट्रेटरलाई पूर्वमन्त्री कुन्तीकुमारी शाहीको विशेष पहलमा जिल्लाका विभिन्न स्वास्थ्यचौकीमा पठाउन लागिएको हो । यसअघि पनि पूर्वमन्त्री शाहीले कोरोना संक्रमणको बेला जिल्लामा विभिन्न किसिमले सहयोग गर्दै आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?