मुक्तिनाथमा आँसु झारे मोदीले

काठमाडौं – मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे  । 

मन्दिरको मूर्तिभन्दा तल रहेको 'गर्भगृह'का बारेमा पुजारी कृष्णप्रसाद सुवेदीले वर्णन गर्ने बेला  मोदीले उल्टै पुजारीलाई आफू त्यहाँ आउँदा देखेको कुरा वर्णन गरिदिएका हुन् । 

मोदीले पूजा पछि आशिर्वाद लिने क्रममा आँशु समेत झारेको खुलासा पुजारी सुवेदीले गरेका छन् । 

पुजारीले आफ्ना मनोकांक्षाहरु भए भगवानसँग माग्नुस्  भन्दा मोदीले आँशु झारेका थिए , आजको नेपाल समाचारपत्रमा खबर छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?