विदेशबाट ल्याइएको मोबाइलमा यस्तो नयाँ व्यवस्था

काठमाडौं – व्यक्तिगत रुपमा विदेशबाट ल्याइएको मोबाइल दूरसञ्चार प्राधिकरणले  तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिने गोरखापत्रमा खबर छ  । 

वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले यसरी विदेशबाट ल्याउन सक्ने मोबाइलको परिणाम भने वार्षिक रुपमा तोक्न सक्छ । 

सर्वसाधारणलाई वेवसाइट अथवा एसएमएस मार्फत पनि एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको वा नभएको जानकारी प्राधिकरणले दिन्छ  ।  

मोबाइलको आईएमईआई नम्बर लग इन गरेपछि एमडीएमएस प्रणालीले उक्त मोबाईल सेतो वा कालो कुन सूचीमा छ, त्यसको जानकारी उपलब्ध गराउने छ ।  

यदि मोबाइलको उक्त नम्बर सूचीमा नभए उक्त मोबाईल अबैध रुपमा वा चोरीका रुपमा भित्रिएको पत्ता लाग्ने छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?