काठमाडौँ — सरकारी वकिलको कार्यालय सर्लाहीले हाडनाता करणीको मुद्दामा धरौटीमा छाड्ने जिल्ला अदालतको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत जनकपुरमा निवेदन दर्ता गरेको छ ।
जेठाजुले लगातार सात वर्षसम्म करकाप, डर, धम्की र परिबन्दमा पारी बलात्कार र यौन शोषण गरेको भन्दै २३ वर्षीया महिलाले अदालत गुहारेकी थिइन् । अदालतले पक्राउ पुर्जी जारी गरेलगत्तै फरार रहेका प्रतिवादी सुटुक्क अदालत पुगेपछि वैशाख ६ मा सर्लाही जिल्ला अदालतले अभियुक्तलाई ७० हजार धरौटीमा छाड्न आदेश दिएको थियो, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया