काठमाडौं । काठमाडौंको राष्ट्रिय सभागृहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा नीजि सञ्चारमाध्यमका फोटो पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ । तर, नीजि सञ्चारमाध्यमका फोटो पत्रकारहरुलाई गेटमै राकिएको थियो ।
आक्रोशित पत्रकारहरुले सभागृह अगाडि ‘क्यामरा डाउन’ गरेर विरोध गरेका छन् ।
राष्ट्रिय सभागृहमा मोदीको नागरिक अभिनन्दन कार्यक्रम राखिएको थियो ।
मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गरेको हो ।
मोदीको नागरिक अभिनन्दनमा भारतीय र नेपाली सरकारी सञ्चारमाध्यमलाई भने प्रवेश दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया