काठमाडौं । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।
कांग्रेस नेताहरुले मोदीलाई उनी बसिरहेको होटलमै पुगेर भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धका साथै आपसी चासोका विषयमा छलफल भएको थियो ।
सो क्रममा मोदीले भारतले नेपालमा आर्थिक समृद्धि भएको हेर्न चाहेको बताएका थिए ।
मोदीसँगको भेटमा मोदीलाई देउवासहित नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला र पूर्णबहादुर खड्का , प्रकाश शरण महत, कृष्ण सिटौलालगायतको सहभागिता रहेको थियो ।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि मोदीसँग भेटवार्ता गरेका छन् । प्रचण्ड भारतीय प्रधानमन्त्री मोदी भेट्न शनिबार दिउँसो उनी बसिरहेको होटल हायात पुगेका हुन् ।

पार्टीका कुनै नेताहरु नलिई एक्लै मोदी भेट्न पुगेका प्रचण्डले दुई देशबीचको सम्बन्ध सुधारमा मोदीले निकै राम्रो भूमिका खेलेको बताए ।
मोदीसँगको भेटमा आफूले विराटनगरमा रहेको भारतीय कार्यालय हटाउन ध्यानाकर्षण गराएको बताए । यस्तै सीमामा देखिएको समस्या समाधानमा पनि मोदीको ध्यानाकर्षण गराएको भेटपछि सञ्चारकर्मीहरुलाई जानकारी गराए ।
यस्तै राजपा नेता महन्थ ठाकुरले पनि मोदीसाग भेट गरेका छन् ।

यसअघि मोदीले पूर्वप्रमहरुसँग पनि होटलमै सामूहिक भेट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया