ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । 

विदेश भ्रमणबाट स्वदेश फर्किदै गरेको अवस्थामा नेपाललाई प्रहरीले विमानस्थलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । 

ग्रेटर नेपालका अध्यक्ष नेपालले भारतविरोधी अभियान चलाउँदै आएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शन गर्न सक्ने सम्भावनालाई  ध्यानमा राख्दै पक्राउ गरिएको बताइएको छ । 

उनले सुगौली सन्धिबाट गुमेको नेपालको भूमि फिर्ता गराइनु पर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?