तीन करोडमा सुविधा सम्पन्न छात्रावास निर्माण

लोकपथ
0
Shares

बैतडीको दोगडाकेदार गाउँपालिका–३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा सुविधा सम्पन्न छात्रावास भवन निर्माण गरिएको छ । उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीका लागि बसोबासमा सहजता ल्याउन छात्रावास निर्माण गरिएको हो ।

सङ्घीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा रु तीन करोड चार लाखमा उक्त छात्रावास निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?