काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको सन्दर्भलाई लिएर ओली सरकारले पञ्चायती निरंकुशता समेत बिर्साउने गरी जथाभावी गिरफ्तार गर्ने र दमन गर्ने शृंखला अघि बढाएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चाले आरोप लगाएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा शुक्रबार अपरान्ह १ बजेतिर देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको असन अफिसमा विविध विषयमा छलफल गरिरहेका मोर्चाका सचिवालय सदस्य तथा केन्द्रीय कार्यालयका सचिव हरिकृष्ण गजुरेल, केन्द्रीय सदस्य गोर्की श्रेष्ठ, जिल्ला सदस्यहरु बोजराज श्रेष्ठ, विकास तमाङ, प्रकाशचन्द्र ढकाल लगायतकालाई प्रहरीले गिरफ्तार गरेको जनाएका छन् ।
यसका साथै क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष आकासलाई पनि संकटाबाट गिरप्mतार गरेको जनाइएको छ । उनीहरुलाई विशाल बजारको जनसेवा प्रहरीबृत्तमा थुनामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया