जनकपुर र काठमाडाैं साँचो किन दिइँदैछ मोदीलार्इ ?

काठमाडाैं : तीन बर्षअघि लगाएको नाकाबन्दीको पीडा भुल्न नसकेका नेपालीहरूले भारतको नाम जोडिनेबित्तिकै हेपाहा प्रवृत्ति सम्झिन थाल्छन् । सरकार र राज्यस्तरमा भारतसँगको सम्बन्धमा पनि नागरिकको यस्तै धारणा अार्इरहने गर्छ । 

शुक्रबार जनकपुर पुगेका मोदीलार्इ जनकपुर उपमहानगरपालिकाले साँचो दियो । काठमाडाैं महानगरपालिकाले शनिबार नरेन्द्र मोदीलार्इ काठमाडाैँंको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नागरिक अभिनन्दन गर्दैछ । यो कार्यक्रममा पनि महानगरका मेयर विद्यासुन्दर शाक्यले मोदीलार्इ महानगरको चापी बुझाउनेछन् । 

सामाजिक सञ्जालमा चाहिँ नेपालको स्वतन्त्रता र सार्वभाैमसत्ता विपरित मोदीलार्इ नगरहरूको साँचो बुझाउन लागिएको भन्दै विरोध भर्इरहेको छ । तर, के साँचो बुझाउँदैमा नगरहरूको स्वामित्व अरूमा जान्छ त ? यस्तै हुँदैन । यो त कुटनीतिक सम्बन्धमा अपनार्इने सामान्य अाैपचारिकता मात्र हो । 

अघिल्लो बर्षको कात्तिकमा भारतका तत्कालिन राष्ट्रपति प्रणव मुखर्जी नेपाल अाउँदा पनि काठमाडाैं महानगरपालिकाले अाफ्नो साँचो हस्तान्तरण गर्दै नागरिक अभिनन्दन गरेको थियो । महानगरका तत्कालिन कार्यकारी अधिकृत रूद्रसिंह तामाङले मुखर्जीलार्इ महानगरको साँचो हस्तान्तरण गरेका थिए । 

एक देशका सेनापति अर्को देशमा जाँदा मानार्थ सेनापतिको उपाधि प्रदान गर्ने प्रचलन हुन्छ । मानार्थ सेनापतिको उपाधि दिँदैमा अर्को देशको सेनाप्रमुखले अाफ्नो देशको सेनालार्इ खटनपटन गर्न पाउँदैन । 

यस्तो चलन शैक्षिक क्षेत्रमा पनि हुन्छ । प्रधानमन्त्री तथा उच्चपदस्थ अधिकारी वा सामाजिक कार्यबाट चर्चित व्यक्तिहरूलार्इ विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधि दिने गर्छ । तर, उपाधि पाउनासाथ सो व्यक्तिले पढेरै विद्यावारिधी गरेको ठहर्दैन र उसको मानार्थ शैक्षिक योग्यता शैक्षिक क्षेत्रमा उपयोग पनि हुँदैन । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?