काठमाडौं । दुई दिन राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।
मोदीले मुक्तिनाथमा करिब १९ मिनेट पूजाआजा गरेका थिए । उनले षोडषोपचार विधिबाट पूजा गरेका हुन् ।
शुक्रबार बिहीन मोदी विशेष हेलिकप्टरबाट मुस्ताङ पुगेका थिए । उनले मुक्तिनाथ क्षेत्रमा करीब डेढ घण्टा समय विताएका थिए ।
मोदी बिहान काठमाडौँ फिर्ता भएका छन् । काठमाडौं फिर्ता भएसँगै अबको केहि समयमा मोदी पशुपति दर्शनका लागि जाने भएकाले यी क्षेत्रमा यातायात प्रभावित हुने भएको छ ।
ट्राफिक प्रहरीका अनुसार चाबहिल, जोरपाटी, गौशाला, तिलगंगा, एयरपोट हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित हुने छ ।
सो रुट भएर चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै आज दिउँसो काठमाडौं महानगरपालिकाले गर्ने नागरिक अभिनन्दनपछि मोदी स्वदेश फर्किने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया