कांग्रेसले समाजवादको जग समाउनुपर्छ : पाैडेल

पाँचथर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले काँग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन् । 

सदरमुकाम फिदिममा शनिबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै पाैडेलले कांग्रेसले समाजवादका जगमा पार्टीको मुद्दा र सांगठिनक स्वरुपलाई अघि बढाउनुपर्ने तर्क राखे । 

पार्टीलार्इ जनताको घरघर र टोलटोलमा पु¥याउने तथा संगठन सृदृढीकरण एवं आधुनिकीकरण गर्न सके मात्रै कांग्रेस अघि बढ्न सक्ने पाैडेलले बताए ।

महामहानव बिपी कोइरालाले घरमा एउटा गाई होस्, सानो घर होस् भनेर २०१५ सालमा भनेको समाज अहिले नरहेको र समाजका मुद्दा फेरिसकेको भन्दै पाैडेलले फेरिएको समाजसँगै कांग्रेसको रूपान्तरण अावश्यक रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?