ललितपुरमा आगलागीपछि ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ । मह पूजागर्दा बालेको दीयोले सुरुमा पर्दा जलेर आगलागी शुरु भएको र पछि ग्यास सिलिण्डर विस्फोट भएर सो घटना भएको बताइएको छ ।
मंगलबाजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा भएको आगलागीमा लक्ष्मीकृष्णको दम्पतिसहित चार जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।
उनका अनुसार मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, अन्जना ताम्राकार, रजना ताम्राकार र निर्मल ताम्राकार रहेका छन्। यस्तै घटनामा दुई जना घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया