सेयर बजार लगातार चौथो दिन बढ्यो, नेप्से १८ अंकले उकालो

लोकपथ
0
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । लगातार चौथो दिन बढेको नेप्से परिसूचक आज १८.०७ अंकले वृद्धि हुँदै २ हजार ५६०.८४ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३५२ कम्पनीका ९० लाख ८५ हजार ६३१ कित्ता सेयर ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन १ करोड २१ लाख ६३ हजार कित्ता सेयर ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँमा कारोबार भएको थियो ।

आज फाइनान्स र ट्रेडिङबाहेक सबै समूहका उपसूचक बढेका छन् । निर्जीवन बीमा समूहको उपसूचक सर्वाधिक २.०५ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूह १।२४ प्रतिशत र वाणिज्य बैंक समूह १.१५ प्रतिशतले बढेको छ ।

कारोबार भएका कम्पनीमध्ये १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यससँगै पछिल्ला चार कारोबार दिनमा बजार निरन्तर बढेको देखिएको छ । सोमबारको कारोबारमा बजारमा व्यापक सुधार देखिँदा लगानीकर्ताको मनोबलसमेत सकारात्मक बनेको संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?