संशोधन नगरी एमसीसी पास हुँदैन : प्रचण्ड

लोकपथ
140
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्छौं भनेर कुनै चिठी नलेखिएको स्प्रस्ट पारेका छन् ।

ललितपुरको खुमलटारस्थित देउसीभैलो टोलीलाई सम्बोधन गर्दै शुक्रबार दाहालले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने भन्दै थप समयका लागि चिठी लेखेको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार प्रचण्ड र आफूले एमसीसी पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए ।

देशमा सबै दलहरुसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाइ हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ भन्ने उपाय निकाल्छौं भनेर लेखिएको चिठी हो,’ अध्यक्ष दाहालले प्रस्ट्याउँदै भने,’ हामीले पास गर्छौं भनेर लेखेको चिठी होइन, यो कुरा स्प्रस्ट होस् ।’

‘एमसीसी संशोधन नगरी पास गर्न सकिँदैन’ प्रचण्ड भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?