बेरोजगारलाई रोजगारी दिइन्छ, विदेशबाट फर्किएकालाई निराश बनाउँदैनौँ : मन्त्री श्रेष्ठ

लोकपथ
245
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बेरोजगारलाई रोजगारी दिन पहल गरिने बताएका छन् । कोरोनाबाट रोजगार गुमाएका बेरोजगार युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि कार्यक्रम बनाइने उनेका भनाइ छ ।

नेपाल संवत् ११४२ को अवसरमा नेवाः देय दबु गुठी समन्वय समितिद्वारा आज दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बेरोजगारलाई रोजगारी सिर्जना गर्न चुनौती छ, त्यो चुनौतीलाई चिर्दै अगाडि बढ्छु ।’

उनले सबै जातजातिको भाषा, संस्कृति संरक्षण गर्ने दायित्व सरकारको भएको पनि बताए । संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अहिलेका पुस्ताले भावी पुस्तालाई नेवार जातिको संस्कृति, संस्कार सिकाउँदै जानुपर्छ । तब मात्र संस्कृतिको संरक्षण हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?