काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले टुँडिखेलमा योगा र व्यायाम गर्नेहरूलाई समस्या पर्याे ।
मोदीको सुरक्षाका लागि टुँडिखेलमा छिर्न पाउने सर्वधारणका ढोका बन्द गरिएका छन् ।
वरिपरि हरेक दुईसय पाइला पिच्छै सशस्त्र प्रहरीका जवानहरूलाई खटाइएको छ ।
बिहान मर्निंग वाक गर्न , योगा र व्यायाम गर्न आउनेलाई स्थान खोज्न अन्यत्र गइरहेका थिए ।
मोदीको भ्रमणका कारण टुँडिखेल बन्द भएको जानकारी नभएकालाई एक मर्निंग वाकर महिला भनिन“ मोदी आउने भएकाले बन्द गरिएको छ । एक दुई दिन कष्ट बेहोर्नु पर्याे । आखिर जे भए नी पाहुना न हुन मोदी ।”
मोदी नेपालको राजकीय भ्रमणमा आज जनकपुर हुँदै काठमाडौ आएन लागेका हुन् । योगा गर्ने केही योगीहरू भृकृटी मण्डप तिर लागेका थिए । योगा योगी गर्नेहरूलाई मोदीको भ्रमणले दुख भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया