मुर्ती पसलेका कर्तुत पर्दाफास

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वका विभिन्न धातुका मूर्तिलगायत बहुमूल्य वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले काठमाडौँका विभिन्न क्यूरियो पसलबाट विदेशी नागरिकलाई बहुमूल्य धातुका मूर्ति बेच्दै गर्दा क्यूरियो आर्ट दरबारमार्गका सञ्चालक दीपकरत्न शाक्य, क्यूरियो कर्सर्न दरबारमार्गका सञ्चालक सुगतरत्न शाक्य र देवाज आर्ट दरबारमार्गका सञ्चालक शिशिर शाक्यलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेकासँग ब्यूरोले बुद्ध र अन्य मूर्ति २४ थान, विभिन्न धातुबाट बनेका प्रतीमाका पाता १८ थान र पुराना बीचमा प्वाल पारेका सिक्का १०१ थान बरामद गरेको छ । ब्यूरोले आज पत्रकार सम्मेलन गरी पुरातत्व विभागमा दर्ता नगरी आफूखुशी मनपरी रकममा मूर्ति बेचेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिएको हो ।

ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले १२ र १३ औँ शताब्दीको मूर्ति भन्दै करोडौँ रुपैयाँमा बेचेको थाहा पाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?