चन्द्रमाको सतहमुनि हिउँ

एजेन्सी:पृथ्वी बाहिर  अन्तरिक्षमा पानी भएका ग्रह उपग्रहको खोजीमा रहेका वैज्ञानिकहरूले चन्द्रको सतहमुनि पानी जमेर रहेको हुन सक्ने दुर्भल चन्द्र खनिज पदार्थ फेला पारेका छन् । पृथ्वी बाहिर मानिसहरूले बसोबास गर्न सक्ने अर्को ठाउँ चन्द्रमा हुन सक्ने सम्भावनालाई यो नयाँ अध्ययनबाट थप बल पु¥याएको छ ।

पृथ्वीको वातावरण प्रदुषणको अवस्था यही रहेमा  आगामी ६०० वर्ष पछि आगोको डल्लोमा परिवर्तन हुने र त्यो भन्दा अघि नै पृथ्वीमा मानिसहरूको जनसंख्या बढेर बस्न गाह्रो हुँदा अर्को ठाउँको खोजी गर्नुपर्ने वैज्ञानिकहरूले विश्व समुदायसँग माग गर्दै आएका छन् ।

वैज्ञानिकहरूले अर्को ठाउँ मानिसहरूको बसोबासका लागि पुथ्वीजस्तो वातावरण , हावापानी र माटो हुन सक्ने विभिन्न ग्रह उपग्रहको खोजी गर्दै आएका छन् ।
वैज्ञानिकहरूले मोगानाइट नामक दुर्लभ खनिज पता लगाएका हुन् । चन्द्र खनिजको रूपमा यो मोगाजाइट उत्तरपश्चिम अफ्रिकामा १३ वर्ष अघि पाइएको थियो ।

यो मोगानाइट क्वार्ज जस्तो छ ।मोगानाइट हुनका लागि पानीको स्वरूप हुनु अनिवार्य हुन्छ । त्यसैले चन्द्रमामा पाइएको मोगानाइटले चन्द्रमाको सतहमा पानी जमेररहेको हुन सक्ने पुष्टि गरेको छ ।

यो पुष्टिबाट वैज्ञानिहरू उत्साहित भएका छन् ।हुनत यसअघि चन्द्रमाको उत्तर र दक्षिण ध्रुवमा पानीको अस्तित्व रहेको व्यापकरूपमा बुझिएको विषय हो । तर यो नयाँ जानकारीबाट  चन्द्रमाको सतहमुनि जमेर रहेको पानी सम्बन्धी विश्वासलाई बलियो प्रमाणको रूपमा लिइएको छ ।

वैज्ञानकिहरूका अनुसार चन्द्रमा धेरै अघि पानी थियो होला । त्यो पानी चन्द्रमाको फोहरबाट वाष्पकीरण भइ उडेर गएको हुन सक्छ । तर यो अध्ययनले चन्द्रमाको जमिन मुनिको पानी सूर्यको प्रकाशबाट संरक्षित भइ रहेको हुन सक्ने देखाएको छ ।

स्पेसडटकमलाई मासाहिरो कायमाले भने “हामी चन्द्रमामा जमेको पानी हुने तथ्यलाई पुष्टि गर्न पहिलो पटक सकेका हौ ।” 

मागानाइटमा थोरै पानी हुन्छ । मोगानाइट पानीको वाष्पीकरणबाट निर्माण हुन्छ । चन्द्रमाको सतमा यो अवस्था भएको हुन्छ ।पानी हिउँको अवस्थामा सूर्यको प्रकाशबाट संरक्षित भइ रहेको हुन सक्ने उनले जनाए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?