पत्रकारको चुनावमा  मन्त्रीदेखि सांसदसम्म भोटर !

जनकपुर । नेपाल पत्रकार महासंघ प्रदेशनम्बर ३ को चुनावमा अनौठो दृश्य देखिएको छ ।   आज भएको मतदानमा प्रदेश नम्बर २ का मन्त्री, सांसद र मेयर नै पत्रकारको रुपमा भोट हाल्न पुगेका छन् । 
प्रदेश २ का कृषि तथा भूमि व्यवस्था मन्त्री शैलेन्द्र साह, प्रदेशसभाका सांसद रामआशीष यादव र सरस्वती चौधरी तथा  महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले मतदान गरेका हुन् । 
मन्त्रीशाहले सप्तरीमा मतदान गरे भने सांसद यादव र चौधरीले धनुषा महासंघमा मतदान गरे ।  मेयर हरि मण्डलले जलेश्वर शाखामा पुगेर मतदान गरेका हुन् । 

नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको अभियान चलाएको दाबी गरेपनि प्रदेश सरकारका मन्त्री र प्रदेशसभाका सदस्यले नै मतदानमा समेत सहभागी भएका हुन् । यसले पत्रकारितामा कसरी राजनीति घुसेको छ भन्ने पुष्टि गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?