काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले पार्टी पदाधिकारी मनोनयनप्रति तीब्र असन्तुष्टि जनाएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गरेका थिए ।
सो मनोनयनप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत केसीले पार्टी कब्जाकै बाटोमा उन्मुख भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘हरसम्भव प्रयास गर्दा पनि सहमति र बैधानिक बाटोमा पार्टीलाई ल्याउन सकिएन,पार्टी नेतृत्व निरंकुशता र पार्टी कब्जा कै बाटोमा उन्मुख देखियो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया