देउवाको मनोनयनमा मित्रदेखि विरोधीसम्म चिढिए : शेरबहादुर नयाँ राजा बन्न खोजेको ?

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले  पदाधिकारीमा तीन नेतालाई मनोनयन गरेसँगै सो पार्टीमा  तीब्र असन्तुष्टि देखिएको छ ।  देउवाको मनोनयनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल  र कृष्ण सिटौला समूहले मात्रै होइन उनी समूहका नेताले नै पनि असन्तुष्टि जनाएका छन् ।

देउवाले  शुक्रबार उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाश शरण महतलाई मनोनयन गरेसँगै असन्तुष्टि चुलिएको हो ।  उपसभापतिमा दाबी गर्दै आएका विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ देउवासँग रुष्ट रहेको बताइएको छ । देउवाले कांग्रेस फुटाउँदा भरपर्दा सहयात्री बनेका श्रेष्ठ  अहिले उपसभापतिका  सशक्त दाबेदार रहेका थिए ।  देउवालाई शाही आयोग लगाएर तत्कालिन राजा ज्ञानेन्द्रले थुन्दा गोपालमान  कांग्रेस प्रजातान्त्रिकको कार्यबहाक सभापति समेत रहेका थिए । यस्तै गच्छदार पनि एकता प्रक्रियाबाट आएकाले उपसभापतिको दाबेदार थिए । तर, दुबैलाई पाखा लगाउँदै देउवाले निधिलाई मनोनयन गरेपछि असन्तुष्ट बनेको बताइएको छ ।
 

श्रेष्ठसँग प्रतिकृया लिन लोकपथले सम्पर्क गर्दा बोल्न चाहेनन् ।  लामो समयपछि सम्पर्कमा आएका उनले  आफू अहिले बोल्ने मूडमा  नरहेको बताए ।  निकटस्थका अनुसार श्रेष्ठ उपसभापति नपाएसँगै अब कसरी देउवालाई ठेगान लगाउने भनेर छलफलमै जुटेका थिए ।

यता नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई देउवाको कदमले एक ठाउँमा ल्याइदिएको छ ।   नेता सिटौलाले देउवाले विधान विरोधी कदम चालेको भन्दै यो कदमविरुद्ध  पौडेलसँग आफ्नो सहकार्य हुने लोकपथलाई बताए ।  यद्यपि पर्टीभित्रको विवाद बाहेक अरु राजनीतिक विषयमा एक  भएको भने बुझ्न नहुने उनको भनाई थियो ।
 

रामचन्द्र पौडेलले के भने ?
हेर्नुस्, उहाँ (शेरबहादुर देउवा) ले   विधान विपरित पदाधिकारी मनोनय गर्ने काम गर्नुभएको त्यो  हामी मान्दैनौं । विगतमा हामीले त्यस्तो नहोस् भनेर बारम्बार  सचेत गराएका थियौं । उहाँले सुन्नुभएन । यसको मूल्य सभापतिले चुकाउनु पर्छ । विधानमा महाधिवेशनको २ महिना भित्र पदाधिकारी मनोनय गर्नुपर्ने व्यवस्था छ । कांग्रेसको विधानको धारा ४९ को १९ बमोजिम महाधिवेशनको दुई महिना भित्रमा गर्नुपर्नेमा नियुक्ति दुईबर्ष पछि गर्न कसरी मिल्छ ?  हामीले दिएको  सुझावलाई सभापतिले वेवास्ता गर्नुभयो । हामीलाई अवैध निर्णय शैह्य हुँदैन ।

कृष्ण सिटौला भन्छन्
आजको परिस्थितिमा सभापतिले निर्णय गर्दा विधानसम्मत र पार्टीभित्र समन्वय गरेर निर्णय लिन सक्नुपथ्र्यो । त्यो गर्नु भएन ठूलो गल्ती गर्नुभयो । म अहिले काठमाडौं बाहिर छु । तर मलाई के लाग्यो भने उहाँले एकलौटी ढंगले पेलेर लान खोज्नु भएको फिल भयो । यसले पार्टीभित्र अरु साथीहरुको मनोबल गिराउने सम्भावना बढ्यो । यसमा धेरै गम्भीर र चिन्तित पनि छु ।  पार्टीभित्र आजको दिनमा व्यापक समझदारी र एकता आवश्यकता छ ।  पार्टीभित्र थप अविस्वास खडा हुनेखालको निर्णय भयो । पदाधिकारीमा को पर्ने को नपर्ने भन्ने कुरा ठूलो भएन पार्टीबाट निर्वाचित सदस्यहरु नै पर्ने हो । तर, उहाँले २ महिनाभित्र गर्नुपथ्यो  त्यो गर्न सक्नुभएन ।  निर्वाचनको पराजयपछि पार्टीलाई मिलाएर लानुपर्नेमा यस्तो नहुनाले पार्टीभित्र थप क्षति हुन सक्ने सम्भावना मलाई लाग्छ । पार्टीभित्र नेताहरुको भावनालाई जोड्न सक्ने या नसक्ने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । राजतन्त्र त गयो तर आफैं राजा हुन खोजेको जस्तो यो निर्णयमा देखियो । इश्युबेस पोलिटिक्स गर्नुपर्छ भन्ने मेरो मान्यता हो । बढी मूल्यमा राजनीति गर्नुपर्ने भन्ने हो । सैद्धान्तिक र नीतिलाई छाडेर राजनीति  गर्न हुन्न भन्ने पनि हो । पार्टीभित्रको राजनीतिमा  शेरबहादुरजीले गल्ती गर्दा गल्ती नै भन्नुपर्छ । त्यसकारण आजको दिनमा रामचन्द्र जीको र मेरो कुरा धेरै हदसम्म मिल्न सक्छ ।
 

प्रकाशमान सिंह भन्छन्
यो विधिसम्मत पेलेर गरिएको निर्णय स्वीकार्य हुन्न । गत चुनाव  पनि पार्टीले सभापतिकै अकर्मन्यताका कारण नराम्ररी पराजय भोग्यो । फेरि  आज पार्टीलाई थप जलितातर्फ लैजाने गरी निर्णय आएको छ । त्यो हामीलाई शैह्य छैन । साथीहरुसँग छलफल गरेर के गर्ने भन्ने निर्णय लिन्छौं ।
 

गोपालमान श्रेष्ठ तनावमा
म अहिले घरमै छु । निर्णयबारे मलाई केहि बोल्नु छैन  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?