काठमाडौं, २१ वैशाख – वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधभित्रै कांग्रेसका पदाधिकारी मनोनयन गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनित गरेका छन् । पौडेलको समूहले भने पदाधिकारी मनोनयनको विरोध गरे ।
निधिले धनुषा ३ बाट, महतले काठमाडौं ५ बाट र खड्काले सुर्खेत १ बाट चुनाव हारेका थिए । तिनै नेता देउवा समूहले ल्याएको बहुमतका आधारतमा पदाधिकारी मनोनयनको प्रस्ताव पास गरेको छ ।
पौडेलले पार्टीको विधानमा दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्ने व्यवस्था रहेको भन्दै विरोध जनाएका थिए । उनको कुरामा सहमत जनाउँदै अर्का नेता प्रदीप पौडेलले केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले बाधा अड्काउ फुकाएर मात्र पदाधिकारी मनोनयन गर्नुपर्ने मत अगाडि सारेको बताएका थिए ।
कांग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै पदाधिकारी मनोनयन गर्नुपर्ने व्यवस्था भएको र दुई वर्षप्छि गर्न लागिएको भन्दै पौडेल पक्ष असन्तुष्ट देखिएको थियो ।
पदाधिकारी मनोनयनका लागि बिहान ११ बजे बैठक बोलाइए पनि साँझ पाँच बजेमात्र बैठक बसेका थियो । बैठक दश मिनेटजति मात्र बसेको थियो भने देउवा समूहले मनोनयनको प्रस्ताव पास गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया