एकतामा प्रचण्डको संकट : बाहिर र भित्र कुरा फरक , यस्तो छ भित्रि कुरा

काठमाडौँ । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालयको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता गर्नुपर्ने बताएपनि हतार गर्न नहुने बताए । सार्वजनिक कार्यक्रममा  मे ५ अर्थात बैशाख ५ मै एकता गर्नेगरी अघि बढेको बताएका प्रचण्डले पार्टी बैठकमा भने एकता तत्काल हुने जस्तो नदेखिएको भन्दै पार्टी भित्र र बाहिर पर्याप्त छलफल हुने बताएका छन् । 

 बैठकमा सहभागि एक नेताले प्रचण्डको भनाई उदृत गर्दै अहिले एकताको घोषणा गर्ने भन्दा पनि दुबै पार्टीभित्र अब आन्तरिक संगठन निर्माणमा जुट्ने बताएका थिए ।  त्यसका लागि एक साताभित्र सातै प्रदेशमा माओवादीले संगठनको नेतृत्व चयन गर्ने प्रचण्डको भनाई थियो ।  माओवादीले आफ्नै ढंगले गर्ने र त्यो बीचमा एमालेले पनि बनाउने उनको संकेत थियो । तत्काल पार्टी एकता गर्ने भन्दा पनि  संगठनलाई पूर्ण र चुस्त बनाउन दुबै पार्टी लाग्ने उनको  भनाई थियो । 

बैठकमा एक घण्टा लामो  ब्रिफिङ गरेका प्रचण्डले एकीकृत पार्टीमा संख्याको विषयमा समझदारी भएपछि थप बैठक बसेर सचिवालयको टुंगो लगाउने बताएका थिए । अर्थात अहिले एकताको विषयमा टुंगोमा पुगिनसकेकाले दुबै पार्टी आन्तरिक संगठनमा लाग्न लागेको बुझिएको छ । 

प्रचण्डले एकतामा अड्को थापेको भन्दै स्वयम् एमाले अध्यक्ष केपी ओलीसमेत हैरान भएको बताइन्छ । एक एमाले नेताका अनुसार प्रचण्डले एकताको मुखमा बार्गेनिङ बढाइरहेको ओलीले गुनासो गर्दै आएका छन् । तर, जुनसुकै हालतमा पनि एककता गर्नुपर्ने उनले बताउँदै आएका छन् ।

प्रचण्डले केन्द्रीय सचिवालय बैठक (तर सचिवलयको संख्या निश्चित नभएको) मा एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर छलफल भइरहेको तर सहमति जुट्न नसकेको बताएका थिए ।  आफूले समान प्रतिनिधित्वको कुरा उठाएपनि कम्तीमा पनि ४५ प्रतिशशत पाउनुपर्छ भन्ने धारणा रहेको बताएका थिए । यसो गर्दा पार्टीको आधिकारिक सचिवायलको टीम बनाएर सबैलाई केन्द्रीय समितिमा लग्न सकिने  उनको भनाई थियो । 

यसअघि एमाले र माओवादीले बनाएको सांगठानिक समितिले नयाँ पार्टीको केन्द्रीय समिति ३ सय जनाको हाराहारीमा हुने प्रस्ताव गरेको थियो।
अहिले २०९ जना एमाले केन्द्रीय सदस्य छन्। त्यसमा बाँकी माओवादीबाट थपेर ३०० जना र्पुयाउने एमाले प्रस्ताव छ। सोही समितिले केन्द्रीय समितिको एक तिहाइ पोलिटब्यूरो र त्यसको एक तिहाइ स्थायी समिति हुने प्रस्ताव गरेको छ। तर, एमालेको प्रस्ताव मानेको खण्डमा माओखवादीका ९१ जना जतिले मात्रै केन्द्रीय समितिमा अवसर पाउँछन् ।  आफ्ना कम नेताहरु समेटिने भएपनि प्रचण्ड अहिले बार्गेनिङ भित्रभित्रै लागिपरेका छन् । 

तर, बाहिर भने उनले एकताबारे लगभग सहमति भइसकेकाले बैशाख २२ मै एकता गर्ने प्रयासमा रहेको बताउँदै आएका छन् । यही प्रसंग प्रचण्डले मजदूत दिवसको दिन पनि उप्काएका थिए । तर, पार्टीको आन्तरिक बैठकमा भने  उनले चित्तबुझ्दो एकता गर्नुपर्ने भन्दै हतार गर्न नहुने बताएका हुन् । 

प्रचण्डले एकतामा अड्को थापेको भन्दै स्वयम् एमाले अध्यक्ष केपी ओलीसमेत  हैरान भएको बताइन्छ । एक एमाले नेताका अनुसार प्रचण्डले एकताको मुखमा बार्गेनिङ बढाइरहेको ओलीले गुनासो गर्दै आएका छन् । तर, जुनसुकै हालतमा पनि एककता गर्नुपर्ने उनले बताउँदै आएका छन् । 

यस्तै प्रचण्डको अर्को मुख्य चासो एकतापछि हुने महाधिवेशनबाट नेतृत्व कसरी हस्तान्तरण हुन्छ भन्नेमा छ। जुन कुरा उनले पहिलादेखि नै प्राथमिकताका साथ उठाउँदै आएका छन्।
वैशाख ४ गते बालुवाटारमा भएको एकता संयोजन समितिको बैठकमा समेत प्रचण्डले  महाधिवेशन कसरी हुन्छ र  महाधिवेशनमा चुनाव हुन्छ कि हुन्न भन्ने प्रश्न राखेका थिए। एकतापछि नेतृत्व आफूमा आउँछ भन्ने कुरामा उनी आश्वस्त हुन चाहन्छन्।

यता  नयाँ पार्टीको चुनाव चिन्ह र ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोणबारे भने सहमतिमा पुगेको नेताहरुले बताएका छन् । अब मुख्य पद बाँडफाँड र प्रचण्डको हैसियत लगायतका विषयमा मात्रै सहमति जुट्न बाँकी रहेका बताइएको छ । 

यही विषयमा ओली प्रचण्डबीच वान टु वान बैठक हुँदै आएपनि  सहमति जुट्न सकेको छैन । अब दुबै पक्ष  शक्ति बाँडफाडमा लचक हुँदै एकतामा इमान्दारिता देखाए  तत्काल एकता हुन सक्छ हैन भने   त्यो दिन अझै पर धकेलिन सक्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?