गगन अयडी
धनगढी उपमहानगरपालिका–१६ को वडा कार्यालय भवनको सिलन्यास गरीएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशिला मिश्र भट्टले सोमबार कार्यालय भवनको सिलन्यास गरेका हुन् ।
८१ लाख ६० हजार ८ सय ९३ रुपैयाको लागतमा कार्यालय भवन सन्राइज कन्ट्रक्सनले निर्माण गरिरहेको छ । निर्माण कम्पनीका बम सिंह बडैलाले निर्माणको सम्झौता समय अवधि भित्र सक्ने बताए । उनले भने, १५ महिनाको अवधि रहेको छ, समय अवधिमा काम सक्छौ । ‘अहिले एक तलाको भवन निर्माण हुँदैछ, शौचालय सहित १० कोठाको सुविधा सम्पन्न भवन हुने छ ।’
वडा अध्यक्ष भुकम्प रहित भवन निर्माण हुने बताए । उनले वडा कार्याल निर्माण भएमा स्थानीयलाई राहात हुने बताए । ९ कट्टा बढीमा रहेको भवन तृनेत्र युवा कलवले संरक्षण गरेको जमिनमा सो भवन निर्माण भइरहेको छ । स्वास्थ्य चौकीको दुई कोठे भवनमा रहेको वडा कार्यालयबाट सेवा सुविधा दिन समस्या भएको स्थानीयले बताए ।

त्यस्तै वडा कार्यालयबाट सरकारी धेरै काम पाउने घसिटाका स्थानीय बासिन्दा नन्दा देवी साहुले बताए ।
उनले भने, वि.स २०३६ सालबाट घसिटामा बस्दै आएका छौ, धनगढी बजार सरकारी काम लिएर जानु पर्ने हुन्थ्यो अहिले घर अगाडी सुविधा पाएका छौं ।’, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले एकै ठाँउमा रहेका वडा कार्यालयहरुलाई व्यवस्थित बनाउँदै लैजाने बताए । त्यस्तै, वडा नम्बर ९, १० र ११ एउटैमा छ, वैशाख भित्र सबै वडा कार्यालयहरु वडाबाटै सञ्चालन हुन्छन, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया