विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित गोठगाउँमा माइक्रोबस दुर्घटनामा हुँदा दुई जनाको मुत्यु भएको छ। १० जना घाइते भएका छन् ।
बा ४ ख ६९१६ नम्बरको झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै माइक्रोबस सोमबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा झापा भद्रपुर–१५ कि ५१ वर्षीया उमा निरौला र सोही स्थानकी ५२ वर्षीया श्यामा कार्कीको मृत्यु भएको छ ।
विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा उनीहरुको मुत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जानकारी दिएको छ ।
घाइते १० जनामध्ये ५ जनाको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान, ३ जनाको गोल्डने अस्पताल र इटहरीमा २ जनाको उपचार भइरहेको छ ।
माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया