रेडपाण्डाको छालासहित एक युवक पक्राउ

लोकपथ
98
Shares

काठमाडौं । बाँकेमा रेडपाण्डाको छालासहि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका वडा नं.१ वस्ने वर्ष २८ को मनिराम सुनार रहेको प्रहरी जनाएको छ ।

सुनारलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले सुनारको साथबाट रेडपाण्डाको एक थान छाला समेत बरामद गरेको छ

प्रहरीले रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्दा सुनारलाई पक्राउ गरेको हो । सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?