मन्त्रालयले गर्नुपर्ने कामहरुको प्राथमिकता छुट्याएर गर्छु : भौतिक मन्त्री यादव

लोकपथ
154
Shares

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले आफुले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन् ।

शुक्रवार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतवारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी हुन् ।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री यादवले भनिन्, ‘आइतवारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के के छ, प्राथमिकताको रुपमा म यो देशको लागि सर्वप्रथम आवश्यक चीज के के हुन् प्राथमिकताको रुपमा छुट्याउछु र त्यो अनुसारले म अगाडी बढाउँछु ।’

मन्त्री यादवले देश कोरोनाको कारण जर्जर भएको उल्लेख गर्दै आगामी दिनमा देशलाई आफ्नो मन्त्रालयबाट गर्ने सहयोग र लगानी आफ्नो तर्फबाट पुरा गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?