१. प्रधानमन्त्री नियुक्त भएको झण्डै तीन महिनापछि देउवाले गरे मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै लिए शपथ
२. वर्तमान सरकारमा उपप्रधानमन्त्री पद हटाएपछि दोस्रो वरियतामा गृहमन्त्री खाँण, कानुनमन्त्री कार्की र स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको जिम्मेवारीमा हेरफेर
३. लुम्बिनी प्रदेशमा कांग्रेसले मन्त्रीको नाम अझै टुंगो लगाउन सकेन, शुक्रबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकियो
४. निजामती सेवा र रेल्वे विधेयक प्रतिनिधिसभाबाट फिर्ता, सरकारले विधेयक फिर्ता गरेर बेठीक र उल्टो काम गरेको एमाले उपनेता नेम्वाङको टिप्पणी
५. बडा दशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइयो, ब्रह्चारिणीको पूजाले तेज, ब्रह्मज्ञान र सत्चरित्रको वरदान प्राप्त हुने विश्वास
६. शनिबार भारतबाट १० लाख मात्रा कोभिसिल्ड खोप नेपाल आउने, पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दोस्रो डोजको रुपमा यो खोप दिइने
७. शुक्रबार देशभर ७ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १ हजार ३३ जना संक्रमणमुक्त, १० जनाको मृत्यु
८. दशैँका लागि मुस्ताङबाट १२ हजार भेडाच्यांग्रा निकासी, तिब्बतबाट भेडाच्यांग्रा नआएपछि माग धान्नै मुस्किल, कृषक र बीचका व्यापारीले मूल्य बढाए
९.खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँको लागि हालसम्म ७ सय खसीबोका भित्र्यायो, भोलिदेखि बिक्री गरिने, अन्य आउने क्रम जारी
१०. सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक रुपमा वितरण हुने, चालू आर्थिक वर्षको पहिलो किस्ता बुझ्ने नागरिकले बढेको भत्ता समेत प्राप्त गर्ने
११. नेपाल र भारतले टुंग्याए जनकपुर–जयनगर रेलमार्गको सञ्चालन प्रक्रिया, करसहित करिब १ अर्बभन्दा बढी रकम खर्चेर ल्याएको रेल चलाउने तयारी
१२. विश्व स्वास्थ्य संगठनद्वारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण, धनी देशहरुले गरिब देशलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह
१३. बेलायत सरकारले कोरोना महामारीका कारण राखेको रातोसूचीबाट नेपाललाई हटायो, अब बेलायत भ्रमणमा जान चाहने नेपालीले कोरोना खोप लगाएको प्रमाण पेस गर्नुपर्ने
१४. यो वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्स र रुसका पत्रकारलाई प्रदान गरिने, अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि ‘साहसी लडाइँ’ गरेको भन्दै पुरस्कार दिने निर्णय
१५. र चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल भोलि हुँदै, टीयू क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने
https://www.facebook.com/lokpath/videos/266462362040756
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया