बारामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु

RSS
112
Shares

बारा । बारामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका ब्रह्मपुरी निवासी अन्दाजी ५० वर्षीय रामेश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

बारीमा रहेको पानी तान्ने मोटरमा जडान गरेको तारबाट उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका उनलाई जिल्ला अस्पताल कलैया ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?