लुम्बिनी प्रदेशले ल्यायो ४१ अर्ब बराबरको बजेट (पूर्णपाठ)

लोकपथ
91
Shares

काठमाडौं । चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशले झण्डै ४१ अर्ब बराबरको बजेट छुट्टयाएको छ ।

चालु आव २०७८/७९वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेटको व्यवस्था गरेको हो ।

बुधबार (आज) सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशसभामा अर्थसम्बन्धी विधेयक प्रस्तुत गर्दै सो
बारेमा जानकारी गराएका हुन् ।

जसमाकुल विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार, पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार रुपैयाँ तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको उनले बताए ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले त्यसबाट क्षति भएका व्यक्ति र व्यवसायलाई ध्यानमा राखेर अघि बढ्नेमन्त्री खड्काले सभालाई जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?