आज रातिबाट डिभी आवेदन खुल्दै, कसरी भर्ने ? पढ्नुहोस् दूतावासका यी ५ सुझाव

लोकपथ
2k
Shares

काठमाडौं । २०२३ को डाइभर्सिटी भिसा (डिभी) को आवेदन आज राति अर्थात असोज २० गते रातिको ९ः४५ बजेबाट खुल्दैछ ।

नेपालस्थित अमेरिकी राजदूतावासले बुधबार (आज) एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी गराएको छ । दूतावासका अनुसार आजबाट खुलेको डिभि भर्ने मिति कार्तिक २३ सम्म रहनेछ ।

अन्य वर्षहरुमा डिभिको आवेदन दिँदा धेरै गल्तीहरु भएको कारण दूतावासले विभिन्न कुराहरुमा ध्यान दिन आग्रह गरेको छ ।

दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्न, परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्न लगायतका ५ कुराहरुमा ध्यान दिन दूतावासको आग्रह रहेको छ ।

आवेदन दिनको लागि तपाईं https://dvprogram.state.gov मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ। यदि तपाईं आवेदन दिने विचारमा हुनुहुन्छ भने हामी तपाईंलाई हामीले दिएका सुझावहरूमा ध्यान पुर्याउन आग्रह गर्दछौंः
१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस् ।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।
३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस्।
५. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।

डिभीको आवेदन निशुल्क भएको र यो व्यक्ति स्वंयले पनि सजिलै भर्न सक्ने दूतावासको भनाइ रहेको छ। आफ्नो आवेदन बुझाउनुअघि आफ्नो वेबसाइटमा राखेका सुझावहरू राम्ररी पढ्नका लागि समेत दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?