१. मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच आज पनि छलफल, अझै निस्किएन ठोस निष्कर्ष
२. ३३ किलो सुन प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न गोरेसहित ८ जना दोषी ठहर, गोरेसहित मुख्य ६ आरोपीले जन्मकैदको सजाय पाए, सुनकाण्डमा मुछिएका सबै प्रहरीले पाए सफाइ
३. अर्थ मन्त्रालयले माग्यो सरकारी गाडीको विवरण, हाल सरकारसँग कति सवारीसाधन छन् भन्ने तथ्यांक समेत नभएको अर्थमन्त्री शर्माको खुलासा
४. निक्षेपकर्ता ठगेको आरोपमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना पक्राउ, सहकारीका निक्षेपकर्ताहरूको ४६ करोड रुपैयाँ ठगी र सिभिल बैंकको पैसा समेत हिनामिना गरेको आरोप
५. स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठद्वारा एकै दिन तीन अस्पताल अनुगमन, भक्तपुर क्यान्सर अस्पताललाई अत्यावश्यक तीन मेसिन दिने प्रतिबद्धता
६. मंगलबार देशभर ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार १ सय १४ जना संक्रमणमुक्त, ६ जनाको मृत्यु
७. दशैँका लागि घर जान नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रीम बस टिकट, उपत्यकाका अन्य टिकट काउन्टरमा पनि विगतको तुलनामा अग्रीम टिकट लिनेको संख्या न्यून
८.सम्झौतानुसार निर्माण सम्पन्न नगर्ने ७ निर्माण कम्पनी कालोसूचीमा, तोकिएको अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन नपाउने
९.राष्ट्र बैंकले दशैँका लागि २० अर्बबराबरको नयाँ नोट साट्यो, सबै वाणिज्य बैंकले नयाँ नोट साटेपछि सर्वसाधारणलाई सहज
१०. नेप्से बढे पनि सेयर बजारको उत्साह फर्किएन, लगानीकर्ता होल्डमा बस्दा कारोबार रकम २ अर्बमा खुम्चियो
११. बेलहिया नाका सञ्चालन भएपछि कोरोना जोखिम बढेको भन्दै रुपन्देही प्रशासनले थाल्यो कडाइ, सीमा नाकाबाट नेपाल भित्रिनेको अनिवार्य स्वास्थ्य जाँच गरिने
१२. यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान गरेका जापानका मानाबे, जर्मनीका हसलम्यान र इटलीका पारिसी पुरस्कृत
१३. छ घण्टा फेसबुक अवरुद्ध हुँदा मार्क जुकरबर्गले ६ अर्ब अमेरिकी डलर गुमाए, फेसबुकको सेयर मूल्य एकै दिनमा ४ दशमलव ९ प्रतिशतले घट्यो
१४. अफगानिस्तानमा तालिबानीले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाबाट विस्थापित नागरिकहरू घर फर्किन थाले, सोमबार मात्रै उत्तरी सहर बाद खसानका करिब ६ सय नागरिक घर फर्किए
१५. र साफ च्याम्पियनसिपअन्तर्गतको खेलमा श्रीलंकालाई ३–२ गोलले हराउँदै नेपाल शीर्ष स्थानमा, तेस्रो खेल नेपालले भारतसँग असोज २४ मा खेल्ने
https://www.facebook.com/lokpath/videos/171625661713300
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया