१३ गोलको कीर्तिमान तोड्ने लक्ष्य छ : अन्जन विष्ट

लोकपथ
3.4k
Shares

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालका लागि गोल गरेका नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने लक्ष्य रहेको बताएका छन् ।

नेपालका लागि अहिलेसम्म हरि खड्का र निराजन राइमाझी समान १३ गोल गरेर कीर्तिमान रहेको छ ।

“अहिलेसम्म १३ गोलमा अड्किरहेको छ । मुख्य कुरा नेपालमा स्ट्राइकरले मात्र गोल हान्नु पर्छ भन्नेछ । तर, स्ट्राइकरले मात्र हैन सबैले गोल हाल्छ । अहिले मिडफिल्डरले गोल हानेको छ, मेरो चाहना पनि त्यो रेकर्ड तोड्ने इच्छा छ । त्यसका लागि म अझै मेहेनत गर्नेछु ।” अन्जनले श्रीलंकाविरुद्धको खेलपछिको पत्रकार सम्मेलनमा भनेका छन् ।

May be an image of 1 person

साफमा नेपालले सोमबार राति श्रीलंकालाई ३-२ ले पराजित गर्‍यो । नेपाल ६ अंक जोडेर तालीकाको शीर्ष स्थानमा रहेको छ ।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाविरुद्धको खेलमा गोल गरेसँगै अन्जनले नेपालका लागि ६ गोल समेत पूरा गरेका छन् ।

नेपालका लागि सुमन लामाले पहिलो गोल गरेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी निकै खुशी देखिएका थिए । उनी निकै उत्साहका साथ मैदानमा सेलिब्रेट गर्दै घुमेका थिए । उनको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

“तीन अंक जोड्न सफल भएको म निकै खुशी छु । म अंक चाहन्छु । प्रतियोगितामा प्रदर्शन मतलब हुँदैन । हामी अंकलाई मतलब गर्छौं,”अल्मुताइरीले भनेका छन् ।

अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?