काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मंगलबार लिग चरणको अन्तिम खेल हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्स भिड्दै छन् । काठमाडौं र भैरहवाबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
प्ले अफ पुग्नका लागि काठमाडौंलाई आजको खेलमा जित्नै पर्ने दबाब रहेको छ । काठमाडौं ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । यस खेलमा हार ब्यहोरेमा काठमाडौं बाहिरिनेछ ।
भैरहवा भने यस अघि नै प्ले अफ पुगिसकेको छ । भैरहवा ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया