राष्ट्रपति भण्डारी चन्द्रागिरी हिल्समा

लोकपथ
371
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको चन्द्रागिरीमा रहेको चन्द्रागिरीहिल्समा पुगेकी छिन् ।

सोमबार (आज) दिउँसो उनी चन्द्रागिरीस्थित रिसोर्टमा पुगेकी हुन् ।

परिवारसहित चन्द्रागिरी पुगेकी राष्ट्रपति भण्डारी भ्रमणलाई व्यक्तिगत भनिएको छ ।

आज राष्ट्रपति भण्डारी चन्द्रागिरीमा नै बस्ने बताइएको छ । राष्ट्रपति चन्द्रागिरी पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?