काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणबारे परेको रिटमाथि आज सर्वोच्च अदालतमा बहस भएको छ ।
प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भए पनि निर्णय भने आगामी कात्तिक १५ गते सुनाइने भएको छ ।
पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई समेत मुछिएको मुद्दाको सम्पूर्ण बहसहरु सकिएको र आवश्यक छलफलपछि कात्तिक १५ मा अन्तिम निर्णय सुनाइने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।
‘ललितानिवास जग्गा प्रकरणबारे आज संयुक्त इजलासमा सम्पूर्ण बहसहरु सकियो । तर अन्तिम फैसला भने आगामी कात्तिक १५ गते सुनाइनेछ’, उनले भने ।
उक्त मुद्दामा कात्तिक १५ गते भने अन्तिम फैसला आउने छ ।
निवेदनबमोजिम रिट जारी भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको भूमिकाबारे फेरि अनुसन्धान गर्नुपर्ने हुन्छ ।
त्यस्तै उक्त मुद्दामा मुछिएका तत्कालीन मन्त्री बिजयकुमार गच्छदारले भने अदालतबाट सफाइ पाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया