‘न्यायपालिका र सरकारविरुद्ध आन्दोलनमा जान नपरोस्’ (विज्ञप्तिसहित)

लोकपथ
154
Shares

काठमाडौं । राजनीतिक विषयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई जोडिएको भन्दै नेपाल बार एसाेसिएसनले आपत्ति जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै एसाेसिएसनले मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशले समेत भागबण्डा खोजेको भनेर आएका समाचारप्रति चिन्ता व्यक्त गरेको छ ।

त्यस्तै संवैधानिक निकायका प्रमुख यस किसिमको राजनीतिक विषयमा जोडिनु अवैधानिक र खेदजनक रहेको बारले जनाएको छ ।

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले विज्ञप्ति जारी गर्दै उक्त विषयलाई सामान्य रुपमा लिएर अघि बढ्न खोजेमा न्यायापालिका र सरकारविरुद्ध कडा अन्दोलन र विरोधका कार्यक्रमहरु गर्न बाध्य हुने समेत चेतावनी दिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि यो विषयलाई सामान्य रुपमा लिई अगाडि बढ्ने प्रयास भएमा नेबाए न्यायपालिका र यसको नेतृत्वविरुद्ध मात्र होइन सरकारविरुद्ध पनि कडा विरोध र आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै सम्पूर्ण कानुन व्यवसायी, पेसा व्यवसायीका साथै आम नागरिकहरूमा अपिल गर्दछौँ ।’

केही दिनयता मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश राणाको समेत भागबण्डा रहेको भन्ने चर्चा चलिरहेको छ । सोही क्रममा सर्वोच्च अदालतले समेत खण्डन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?