लमहीमा बस दुर्घटना : ७ जना घाइते

लोकपथ
0
Shares

दाङ । काँकडभिट्टाबाट महेन्द्रनगर जाँदै गरेको मे १ ख ३२८८ नम्बरको यात्रु बस लमहीको राटो डाँडामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइतेहरुको नाम ठेगाना खुल्न सकेको छैन।

घाइतेहरूमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने, अन्य पाँच जना सामान्य घाइते भएका छन् ।

आइतबार दिउँसो २ बजेको समयमा अगाडिको टायर पड्किदा बस अनियन्त्रित भएर पलटिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । बस सहचालकले गुडाइरहेको भन्ने बुझिएको र उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?